श्यामल
उनीहरुले मलाई गद्दार भन्नुअघि नै
मलाई देशद्रोही, बेइमान र घुसखोर भन्नुअघि नै
मलाई माफिया र दलाल भन्नुअघि नै
मलाई सहस्र गालीहरुले अलङ्कृत गर्नुअधि नै
मेरा सारा प्रयासहरुलाई भत्र्सना गर्नुअधि नै
म मरिसकेछु
उनीहरुले नै चिनेको कलात्मक चितामा
म चढिसकेछु,
पछि पछि ज्युँदा मानिसहरु लगाएर
मन्दिरैमन्दिरको सहर काठमान्डूमा
म अर्को मन्दिर भइसकेछु
ओहो, यति छोटो जीवनमा यति चाँडै
म आफैले पुज्ने द्यौता भइसकेछु ।