लस्मिता तामाङ
म एक सन्तान हुँ
तर मेरो खुसीको सामु मेरी आमाले हारेकी छ
म एक बुहारी हुँ
तर मेरो कर्तव्य मैसँग हारेको छ
म एक श्रीमती हुँ
तर मेरो बैँस मैसँग हारेको छ
म एक आमा हुँ
तर मेरो ममता मैसँग हारेको छ
म एक नेपालकी छोरी हुँ
तर मेरी नेपालआमा पनि मैसँग हारेकी छ
तिमी भन्छौ घमन्ड केका लागि ?
यो मेरो घमन्ड होइन
यो त यी तमाम परिस्थितिले दिएको उपहार हो
मेरी आमाको विश्वासको तीर हो
मेरा सासूससुराको त्यागको वरदान हो
मेरा श्रीमान्को पर्खाइको जन्जिर हो
मेरा सन्तानको भविष्य कोहिनुर हो
यो कठोरता मेरो जितको शिर हो
कोमल मनहरुले कहाँ सकिन्छ
र, यी सब सबलाई मध्यनजर गर्न !


