डा. छायादत्त न्यौपाने

म एउटा रूख
मेरै जरा जरामा उभिएको
अग्लो शरीर मेरो
भित्र भित्र हिँडेका जराहरु
छरपस्ट गगनभेदी हाँगाहरु
हावासँग खेल्छन् पातहरु
नरम भुवाको स्वागत पाएर
उजेलिँदै मुस्कुराउँछ सगर
बास पाएर ढुक्क छ गिद्ध
म हरियाली थप्दै थप्दै
पात, फूल र भुवा लिन
वसन्त बोलाइरहन्छु
बस्,
म निर्बाध उभिइरहन पाऊँ
निरन्तर मेरै जरा र पातहरुसँग !

Facebook Comments Box

Similar Posts