मंसीर ११, काठमाडौं । प्रेममान डंगोलको संस्कृति सम्बन्धि कृति ‘चित्रमय चाडपर्वको देश : नेपाल ‘ लोकार्पित र परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
राजधानीमा मंगलवार आयोजित एक कार्यक्रममा डा पुरुषोत्तम लोचन श्रेष्ठ , श्रीओम श्रेष्ठ रोदन, प्रा डा लक्षमण प्रसाद गौतम, शितल गिरी, स्रष्टा लगायतले लोकार्पण गरे।
कृतिमाथि परिचर्चा गर्दै डा . श्रेष्ठ ले भने – ‘नेपाल मण्डलको संस्कृति विश्वकोष हो । यहि बारेमा नुतन कुराहरु कृतिमा रहेका छन । संस्कृति मरे देश नै मर्छ, तसर्थ प्राचिन संस्कृति बारे जानकारी दिने यो कृति हरेक नेपालीको हातहातमा पुग्नुपर्छ ।’
अर्का चर्चाकार शितल गिरीले भने – ‘नेपाल मण्डल बुझ्नलाइ सहयोग हुने कृति जसमा आनो भाषा, संस्कृति र चाडपर्वसंग जोडिएका बिभिन्न कुराहरु पुस्तकले जानकारी दिने हुंदा कृति महत्वपुर्ण छ ।’
कार्यक्रममा बोल्दै अध्यक्ष रोदनले भने -‘संस्कृतिलाई सबैसंग जोड्ने यो कृतिले संस्कृति चाडपर्वको परम्परालाई जीवन्त बनाउन पुस्तकले सघाउँछ ।’
नेपाल स्रष्टा समाज , केन्द्रीय कार्य समितिको आयोजनामा सम्पन्न उकत कार्यक्रममा कृतिकार डंगोलले लेखकीय मन्तव्य व्यक्त गरे ।उक्त कार्यक्रमको सन्चालन रन्जना निरौला तथा स्वागत तारा सुबेदीले गरेका थिए ।


