मोती भुजेल

केटा: बैङ्कको सर्भर डाउन भए ‘नि मुटुको कर्नर अनै छ
धनको कारोबार नभए नि, चोखो माया गर्ने मनै छ
कति बस्छ्यौ टेलरमा पैसा गनेर,
पटक पटक भनिसकेँ, जाम माया भागम् भनेर

केटी: तिमी किन लाइनमा हो चेक साट्नलाई
आउ बरू अनलाइनमा, माया साट्नलाई
बस्ने मन छैन टेलरमा पैसा गनेर
सहीछाप लगाऔँ दिलैको खातामा, भागिजान्छु तिम्री बनेर

केटा: तिम्ले गन्दा भुल भयो कि मैले गन्दा भुल भयो
तिम्रोहाम्रो बहीखातामा, मायाको हिसाब अपुग भयो
कति बस्छ्यौ टेलरमा पैसा गनेर
पटक पटक भनिसकेँ, जाम माया भागम् भनेर

केटी: लैजाऊ जोवन तिमीलाई नै हो मैले साँचेको
देखेछौ र यो संसारमा, पानीबिना माछा बाँचेको
बस्ने मन छैन टेलरमा पैसा गनेर
सहीछाप लगाऔँ दिलैको खातामा, भागिजान्छु तिम्री बनेर

केटा: भागिजाम् सँगै सँगै दुई मुटुको डोरी बाँटेर
नसोच त्यति धेरै, आऊ माया झ्याप्पै आँटेर
कति बस्छ्यौ टेलरमा पैसा गनेर
पटक पटक भनिसकेँ, जाम माया भागम् भनेर

केटी: झिसमिसेमा झोला बोकी, आउँछु म आँटेर
कोही नभा’को ठाउँतिर, जाऔँ नौडाँडा काटेर
बस्ने मन छैन टेलरमा पैसा गनेर
सहीछाप लगाऔँ दिलैको खातामा, भागिजान्छु तिम्री बनेर ।

Facebook Comments Box

Similar Posts