दीपक न्यौपाने अश्रुञ्जली
(मन्थली १३, रामेछाप)
तिम्रोे विशाल छातीमा
कति सल्बलाए कति
मेरा चाहनाका प्यासी मन
र कति छचल्किए कति
यौवनका उच्छृङ्खल छाल
तिमी वर्षाको झरीमा नुहाएर
कञ्चन देखिएकी बेला
तिम्रो त्यो सुन्दर मुहारमा
गगनको बादल फाटेर
बिहानीको सौर्य किरण पर्दा
सप्तरङ्गी इन्द्रेणी पथ्र्यो
तिम्रो सुन्दर मुहारमा
तिम्रा केशराशीबाट झरना सरी
पानी मेरो मनको विशाल मरूभूमिमा
तप्तप् गर्दै
कति पोखिए कति
तर अहँ
कहिल्यै भिजेन
यो मेरो प्यासी मन
अतृप्त हुँदाहुँदै
सुकिदिन्थ्यौ तिमी घामसित
बिलाइदिन्थ्यौ हावासित
ए प्रियसी, तिमी आऊ न
लुकी लुकी आऊ
झुकी झुकी आऊ
प्यासको मरूभूमिमा
टोलाइरहेका मेरा आँखालाई
तिम्रा मुलायम हातले छोपिदेऊ
मेरो अनुहार ढाकिनेगरी ।