वासुदेव पन्थी ‘देवस्मृति’
(तुलसीपुर १७, दाङ)

एकै निमेषको प्यारमा
कोही रित्तिन तयार छ
मैन बनेर कोही
बिनाआगो पग्लिन तयार छ
उच्छवासहरुमा–
एउटाले
पीडा र गरिबी गाउँदै छ
अर्कोले
अहङ्कार र वैभव सुसेलिरहेको छ
बस्तीमा पहिरो झरिरहेको छ
बाढी हुलिइरहेको छ
एक पलको उत्कर्ष बाढीमा
एकले
चरम घृणा आफूमा समेटिरहेछ
अर्कोले
चरम सन्तुष्टि बटुल्दै छ
रातो बत्तीमा
दुवै एकाकार भेटिए पनि
फरक यो छ कि –
एक
बाध्यताको पहाडले थिचिएको छ
अर्को
उन्मत्त रहरहरुको निष्कर्ष खोज्दै छ
जे देखिइरहेको छ
यो रातो बत्तीको क्षेत्रमा
बडो
हृदय विदारक देखिँदै छ ।

Facebook Comments Box

Similar Posts