लीलाराज दाहाल
(बागमती ११, कर्मैया, सर्लाही)

या त उसले प्रेम गर्न नजानेको हुनुपर्छ
या त प्रेमलाई ठुलो कुरा नठानेको हुनुपर्छ
प्रेमको तलाउ नत्र यसरी सुक्ने नै थिएन
या त उसलाई प्रेमिकाले नछानेको हुनुपर्छ !

आस्था र विश्वास तिनको खण्डित देखिन्छ
साधु र सन्त नै अक्सर दण्डित देखिन्छ
खै कसरी पो अब यो दुनिया इमानले चल्ला
मूर्ख र लठैत पो अचेल खाँट्टी पण्डित देखिन्छ !

साथीहरु सुस्त सुस्त कुरा चलाउँछन्
अलि अलि होइन त पूरा चलाउँछन्
बल्लतल्ल घाउमा खाटा बस्न खोज्छ
हतार हतार पछिबाट छुरा चलाउँछन् !

Facebook Comments Box

Similar Posts