बाबुराम श्रेष्ठ यात्री
(सिन्धुली)

हिजो जस्तै लाग्छ यतै कतै भेटिए‘थ्यौँ हामी
सपनाको नौलो ससार सजाउँदै बनेथ्यौँ साथी

उस्तै छ सम्झना अनि माया समय साक्षी राखेर
हेर्नू तिमीले पनि मैले जस्तै दिलको दैलो उघारेर
सबै ताजै लाग्छ मिठा बातमा भुलेथ्यौँ हामी

जीवनको गोरेटोमा हामी अलग भएर के भो
यो समयसँग चल्दै जाँदा यो एउटा रीत भो
आजै लाग्छ सम्झनाको तरेलीमा उनिएथ्यौँ हामी ।।

हिजो जस्तै लाग्छ यतै कतै भेटिए‘थ्यौँ हामी
सपनाको नौलो ससार सजाउँदै बनेथ्यौँ साथी

Facebook Comments Box

Similar Posts