सागर फुयाल
(हाल बर्लिन, जर्मनी)
तिमी मौसम बिहानी बनी बहकाउँछौ
घनघोर मेघ बनी फेरी तर्साउँछौ ।
कोमल भाव चुम्छौ सितल पवन भई
अनि छिन मै आँधी बनी भत्काउँछौ ।
सुख दुख हुँन दिन रात जस्तै
साथ बिसाद हुँन फूल काँढा जस्तै
हर क्षणको परिचय भएर पनि
तिमी तिम्रो परिचय किन लुकाउँछौ
तिमी मौसम बिहानी बनी बहकाउँछौ
घनघोर मेघ बनी फेरी तर्साउँछौ ।
चढनु ओर्लनु हुँन जीवनका कथा
मिलन बिछोड हुँन हृदयका कथा
हर शब्दको सिंगो संसार भएर पनि
तिमी तिम्रो संसार किन लुकाउँछौ
तिमी मौसम बिहानी बनी बहकाउँछौ
घनघोर मेघ बनि फेरी तर्साउँछौ ॥