तेजविलास

अलिकति मेरो प्रेम घामसँग छ
अलिकति मेरो प्रेम नामसँग छ ।

उकाली र ओरालीका कथासँग छ
भोकभोकै रमाएका व्यथासँग छ ।

जति लोभ गर्यो उति बढी हुने दुःख
खोजिर’न्छु अभावमा दुःखसँगै सुख ।

अलिकति मेरो प्रेम घामसँग छ
अलिकति मेरो प्रेम नामसँग छ ।

Facebook Comments Box

Similar Posts