श्री पोखरेल
(इटहरी, सुनसरी)
साँझपख पढ्दै गरेको पुस्तक फ्यात्त फ्याकेर सुन्दर चाल मारेर निस्कियो । खाना खान खोजी भयो । हल्लीखल्ली हुँदाहुँदै सुन्दर आइपुग्यो ।
श्रीधरले झपारे– ‘यो साँझमा कहाँ गएको थिइस् ?’
सुन्दर केही बोलेन ।
आमाले पनि आगोमा घिउ थपिन्– ‘साँझमा चोरबिरालोजस्तो यो लुसुक्क निस्किन्छ ।’
तत् समयमै गाउँमा होहल्ला मच्चियो । भान्सामै पसेर पल्लाघरे कृष्णेले खुसुक्क भन्यो– ‘हरि ! भागौँ, पुलिस आयो रे ।’
श्रीधरले भने– ‘तिमीहरु यतै लुकिराख । म पुलिसलाई छैनन् भन्छु ।’
बाहिर गर्याप गर्याप बुटको आवाज आयो । श्रीधर बाहिर निस्किनासाथ पुलिसले सोधे– ‘यता सुन्दर र कृष्णे नामका दुर्व्यसनी केटा देख्नुभयो ?’
केटाहरुलाई देखाउँदै उनले भने– ‘ए कुरो त्यसो पो हो ? दुर्व्यसनीलाई त्यसै छोड्नुहुन्न । लैजानुहोस् र यिनको जरै पत्ता लगाएर निमिट्यान्न पार्नुहोस् ।’


