गङ्गा खड्का
(बुढानीलकण्ठ, काठमाडौँ)
ऊ दिनभरिको सुसेधन्धा सकेर केही समय मोबाइलमा टहलिन लागी । उसले फेसबुकको नोटिफिकेसनमा आफूलाई एक जना मित्रले केही कुरा ट्याग गरेको देखी । उसले हड्बडाउँदै उक्त कुरा आफ्नो प्रोफाइलबाट नदेखिने बनाई । केही समयमै मेसेन्जरमा घण्टी बज्यो । उसले आफ्नो जिज्ञासा मेटाउन मेसेन्जरमा हेरी ।
जसले ट्याग गरेको कुरा उसले आफ्नो प्रोफाइलबाट लुकाएकी थिई, उसैले गुनासो गर्दै लेखेको रहेछ, ‘तपाईं त कति ठुली हुन थाल्नुभएछ ।’
उसले हत्तपत्त जवाफ लेखी, ‘ठुलो भएकी होइन मित्र, दाम्पत्य जीवनको आयु बढाएकी ।’