सुनिता निरौला पौडेल

‘राम नाम सत्य हो’ भन्दै मानिसका हुलले घाटमा एउटा लासलाई पु¥याए ।
मलामीमध्ये एकले भने ‘लासलाई यतैतिर जलाउनुपर्छ ।’
अर्काले सोधे, ‘किन नि ?’
पहिलोले जबाफ फर्काए, ‘घाटनजिकै ब्रह्मनाल छ । यहाँ लास जलायौँ भने गति परेर मृतक सिधै स्वर्ग पुग्ने छन् । यसमा दुई मत छैन । ठुला राजा, मन्त्रीदेखि नेतालाई यही घाटमा जलाइन्छ ।’
उनको कुरा चित्तबुझ्दो नलागेर कुरा नटुङ्गिदै अर्काले विरोध गरे, ‘लौ यो ज्वालाघाट पनि त के कम छ । हामी सर्वसाधारणलाई यहीँ ल्याउँदा ठिक हुन्छ । हेर्नुहोस्, स्वर्ग र नर्क केही छैन यहाँ । राम्रो काम गरे स्वर्ग, नराम्रो काम गरे नर्क । कसले पो देखेर आएको छ र !’
उनीहरुको कुरा घाटे बिरेले सुनिरहेको थियो । दुवै मलामीका तर्कले निकास नपाएपछि हस्तक्षेप गर्दै बिरेले भन्यो, ‘म तिमीहरु दुवैको तर्कवितर्क ध्यानपूर्वक सुन्दै छु । तिमीहरुको विषयले मलाई पनि छोयो र भित्र मनमा मन्थन गरेर एउटा निष्कर्षमा पुग्दै छु ।’
दुवै भद्रको एउटै आवाज आयो ‘कस्तो निष्कर्ष ?’
‘घाट जतिसुकै राम्रो भए पनि मानिसलाई चितामा राखेर जलाएपछि खरानी भएर जाने हो ।

Facebook Comments Box

Similar Posts