जानु कम्बाङ
(ताप्लेजुङ, हाल: हङकङ)
बुकी है फुल्यो लेकमा लै लै, बासना छरेर
आउनू है कान्छी ! त्यो दिलबाट यो दिलमा सरेर ।
रातमा फुल्ने उज्यालो जूनले तिर्सना मेटेन
सम्झना तिम्रो आएको मनमा कसैले देखेन
वर्ष दिन बित्यो गएको तिमी काबेली तरेर
आउनू है कान्छी ! त्यो दिलबाट यो दिलमा सरेर ।
भिजायो गोठ, गोठाला दाइको रातको ठिहीले
सपना पनि देख्दिनँ अचेल, बिस्र्यौ कि तिमीले
रूमालै चिनो दिएको थिएँ फूलबुट्टा भरेर
आउनू है कान्छी ! त्यो दिलबाट यो दिलमा सरेर ।