नीता गुरूङ भाटिया
(असम, भारत)
छोटो जीवन छ
कहिले छुटी जाने हो
थाहा छैन
जसैतसै खुसी
भएर जीवन बिताऔँ
यदि कोही सामु नभए
उसलाई याद गरी
उसको आवाजमा
रमाउँदै जीवन बिताऔँ
कसैको सित्तैमा रिसाउने
बानीले मनलाई दुखाउने गर्छ
उसको यो बानीलाई
मधुर प्रेमको इसारा सम्झी
जीवन बिताऔँ
कोही फर्की नआउने गरी
छोडेर जान्छन्
उनीसँग बिताएका ती
तितामिठा क्षणलाई
याद गर्दै, जीवन बिताऔँ
खुसी आउला कि भनेर
बाटो किन हेर्नु, बरू….
अरुको ओँठको मुस्कानमा
रमाएर खुसी भई
जीवन बिताऔँ
किन कल्पिन्छौँ सधैँ
अरुको साथ पाउन
कहिलेकाहीँ आफैमा मस्त भई
जीवन बिताऔँ
छोटो छ जीवन, त्यसैले
हाँसीखुसी जीवन बिताऔँ ।
Facebook Comments Box


