सविता के.सी.
(दक्षिणकाली, टल्कु)

हिमालमा रङ्गीचङ्गी नाच्छन् डाँफे मुनाल
हिमाल पहाड तराई सुन्दर हाम्रो देश नेपाल ।

गुराँस फुल्छन् रङ्गीन यहाँ झुल्छ लालुपाते
फूलको बास्ना छरिएर मान्छे मात्न थाले ।

सुदूर पश्चिम डाँडाकाँडा वन फुल्दा हेर
मोहित हुन्छ हुम्ला जुम्ला फल स्याउ झुल्दा ।

राता भए वसन्तमा वन गुराँस फुलेर
कोइरालो कुर्दै थियो मौसम, गुबोभित्र लुकेर ।

पहेँलो छ तराई फाँट झुल्दा धानका बाला
झिलिमिली सहर बजार बलेजस्तो तेलका पाला ।

चाँदीको ताज हाम्रो सगरमाथा शिर
पौरखी भनी चिनिने गोर्खाली वीर ।

घुम्न आऊ नेपाल, पश्चिम पूर्वतिर पनि
निरन्तर बग्ने नदी, खोला, मूलको मिठो पानी ।

बहुभाषा, संस्कृति, फरक फरक जात
बिहानसाँझ तिहुनसित खाने उही भात ।

Facebook Comments Box

Similar Posts