टङ्क खुलाल कार्की (पागल मन)
(छथर ५, तेह्रथुम)

ज्यान पाल्नै मुस्किल भयो यो सहरमा
दिन फाल्नै मुस्किल भयो यो सहरमा !

यता टाले उता, उता टाले यता फाट्छ
जीवन टाल्नै मुस्किल भयो, यो सहरमा !

कैले कता कैले कता जाऊँ भन्छ यो मन
दिल बसाल्नै मुस्किल भयो यो सहरमा !

सोच्छु अब केही गरुँ, मान्दै मान्दैन मन
मन सम्हाल्नै मुस्किल भयो यो सहरमा !

Facebook Comments Box

Similar Posts