सुजना अर्याल

यहाँ को छ कसको?
छ कसका लागि ?
विशाल अन्तरिक्षमा
एक्लै छ व्यक्ति ।

एक्लै हो कि महसुस मात्र ?
सहानुभूति छ सबको
पाउँदैन समानुभूति कतै
करुणा त केवल स्वप्न संसारको ।

करुणाको दाता आफू नि हैन
झुठको खेतीमै रमाउने
कहिले होला र सार्थक जीवन ?
ज्ञानप्राप्ति त केवल बुद्ध उपदेशको ।

यहाँ सबै छन् सँगै
छन् सबका लागि ।
विशाल अन्तरिक्षमा
मानवको झुन्ड ।

सत्यको द्रष्टा बन्न सकेमा
फुल्थे कि दया र मायाका फूल
सहयोग र सामञ्जस्यता सँगै
बन्ने थियो समाजको नमुना रूप ।

उदार र परोपकारी हृदय जसको
आत्मसन्तुष्टि उनैको पहिचान
सिकाइ एक, करोडौंलाई जोड्ने
ऊर्जा त केवल निस्वार्थी मनको ।।

Facebook Comments Box

Similar Posts