सागर फुयाल
बर्लिन, जर्मनी ।
एउटा जमघट
हाँसिरहेका, बोलिरहेका मान्छे
उल्लासको मौसम
एउटा प्रश्न मनमा उठ्छ
के साँच्चै नै यस्तै छ त
मान्छे र उसको परिवेश
जमघट अघि र पछि?
हुनसक्छ! तर गाह्रो छ
जमघटका हाँसो र बोली गरुंगो हुन्छन्
ती सधैं बोक्न सक्दैन मान्छेले
फेरि,
भित्र पस्नु अघि क्लोजेटमा झुण्ड्याइएका
केहीथान कथा, केहीथान व्यथा
केहीथान मौनता
जमघट सकिएपछि बोकेर हिंड्नु नै पर्छ ।


