– भोगेन्द्र लिङ्देन
हिउँ परिरहेको छ बाहिर
पर पर
समुन्द्रमा अस्ताईजाने सुन्दर घाम
देखिदैन आजकल
निरस साँझहरू चिसोले कक्रिएका छन्
गोधुलीमा बाँसुरीले
मधुर प्रेमधुन बजाउन छोडेको छ
झ्याउँकिरीहरूको एकहोरो
कर्कश आवाजले
चराहरू डराएका छन्
पर…………………..
एउटा जुनकिरी
सुनसान रातमा
केही हराएजस्तो
केही खोजेजस्तो
केही सम्झेजस्तो
केही विर्सेजस्तो
एक्लै उडिरहेको छ
रातभर
हिउँ परिरहेको छ बाहिर ।
Facebook Comments Box

Similar Posts