सागर फुयाल
(बर्लिन, जर्मनी)

हाँगाका पातहरू
बन्धनमा देखिन सक्छन्
तर गहिरिएर हेर्दा
ती त्यसलाई नै समाउँदै
हावासँग बयली खेल्छन्
घामसँग मुस्कुराउँछन्

हाँगाबाट छुट्टिएका पातहरू
स्वतन्त्र, उन्मुक्त लाग्न सक्छन्
केही छिनलाई
स्वर्णिम, निर्बाध देखिन सक्छन्
तिनका उडानहरू

तर ती उड्नुपर्छ चुपचाप
जता उडाउँछ हावाले
अनि खस्नुपर्छ कतै खोँचमा
कि बग्नुपर्छ खहरेसँगै
कि सड्नुपर्छ माटोमा

बन्धन टुट्नु सधैँ कहाँ
मुक्ति हुन्छ र?

Facebook Comments Box

Similar Posts