साकुचा
के फेरि भेट्ने छौ मलाई ?
आँखामा त्यही गुलाफ
फुलाएर आउने छौ ?
मनका पीडाहरुलाई
भुलाएर आउने छौ ?
यदि आयौ भने
हिमालका सपना बोकेर आउनू है ।
मेरो चिरिएको मनलाई
थोरै तराईको ताप बोकेर आउनू है ।
के फेरि भेट्ने छौ मलाई ?
यदि आयौ भने…
फेरि भन्दै छु । यदि आयौ भने
सिङ्गो आकाश बोकेर आउनू है ।
सक्छौ भने प्रिय…
जिउँदो पहाडसँग लड्न
थोरै साहस बोकेर आउनू है ।
त्यो कोसीको लहर बोकेर
आउनू है ।
फेरि भन्दै छु प्रिय
सक्छौ भने
त्यो न्यानो सहर बोकेर
आउनू है ।


