बालकृष्ण श्रेष्ठ

उड्छन् पन्छी थरी थरीका हिमशिखर सेरोफेरो
झुल्कन्छ इन्द्रेणी सात रङ्गमा चुम्न नदीको घेरो
फुल्छन् फूल अनेक प्रकारका नेपाल धर्तीमाझ
बग्दछ खोलानाला झरना, छहरा बिहानी साँझ ।

छन् ताल विश्वमै छन् अग्लो हिमाल पनि
वनपाखा डाँडा पखेराभरि गुराँस चिमाल अनि
गर्व छ सारा नेपालीमा हिमाल, पहाड तराई छ भनी
प्रकृति, संस्कृति र सम्पदाले नेपाल संसारमै धनी ।

छन् चाडपर्व अनेक रीतिरिवाज गाउँसहर जताततै
जातीय नाच संस्कार विविध खोजिन्न अन्त कतै
जता सुन्दर, शान्त, शीतल दृश्य पुग्छन् मनुवा त्यतै
पर्यटकहरु जति बेला प्रवेश हुन्छ आम्दानी ‘नि यतै ।

राखौँ सबै देशविदेशमा मैत्री मितव्ययिता यहाँ
जोगाई प्रतिष्ठा राखेर आस्था बढ्छ आत्मीयता त्यहाँ
अर्बौं सम्पत्ति नेपाली भूमिमा मन पुग्छ कहाँ कहाँ
नेपाल नै त्यस्तो स्थल हो हेर्न पुग्दछन् पर्यटक जहाँ ।

हुँदैन देशको उन्नति हुन्न पर्यटन विकास जब
हुँदैन जून आकाशको हुन्न चेतनाको निकास तब
उठौँ र जुटौँ सबै जना मिली बनाउन इतिहास अब
पर्यटक नै हाम्रो एक जिजीविषा अतिथि देवो भवः ।

 

Facebook Comments Box

Similar Posts