वासुदेव घिमिरे

प्रेमको बाटो हिँड्नु छ
मायाको साटो माया दिनु छ,
झ्यालढोका खुल्ला राखी
अक्सिजनसँग घुलमिल गर्नु छ।

समचार सुन्नु छ, दृश्य हेर्नु छ
शरीरले धानेसम्म साथपक्का छ,
तरलताको व्यवस्थापन जरूरी छँदै छ
ठोस वस्तुनिष्ठ जीवन र जगत् शिरोधार्य छ।

आफ्नै आँगन बिरानो भएको छ
नजिककाहरु टाढा गएका छन्
टाढाकाहरु झन् टाढा भएका छन्
चाउरिएको मुहारमा क्षितिज उभिएर
मन्द मन्द मुस्कान छर्न बाध्य छ।

Facebook Comments Box

Similar Posts