श्याम प्रधान

म आएको थिएँ बिरानो देशमा
तिम्रो साथ पाएँ, मधुर मुस्कान पाएँ
तिम्रो त्यो अधरको अधुरो मुस्कानभित्र
सिङ्गो एउटा देश पाएँ, विश्व पाएँ
नजाने अरु पनि के के पाएँ ।
फेरि एक्कासि आज म विरान भएँ
संसारदेखि निराश भएँ, किनभने
तिम्रो त्यो अधरको मुस्कान छैन,
तिम्रो मृदुता छैन

ईश्वरसँग प्रार्थना छ तिमीलाई कसैको
नजर नलागोस्,
भगवतीले
तिम्रो निधारमा कालो टीका लगाइदिउन् र
तिम्रो अधरमा सधैँ मुस्कानको कोपिला फक्रिरहोस्
जाँदै छु टाढा टाढा तिम्रो प्रेरणा लिएर, तिम्रो सम्झना
एउटा अनन्त यात्राको बिरानो देशमा बिरानो भएर ।।

Facebook Comments Box

Similar Posts