दीपेन्द्र श्रेष्ठ

बुबालाई पनि अहिले प्रेसरले छोएको छ
उमेर बहत्तरै भए पनि मन रहरले छोएको छ ।

पहिले पहिले त गाउँ पनि गाउँजस्तै लाग्थ्यो
अहिले गाउँमा पनि सहरले छोएको छ ।

सरकार सरकार फाट्टफुट्ट कतै देखिन थाल्यो
उराठलाग्दो ठाउँमा पनि नहरले छोएको छ ।

गाउँ गाउँमा सिंहदरबार होइन सिंह आएको हो
सजिलै हुने कामलाई पनि कहरले छोएको छ ।

Facebook Comments Box

Similar Posts