वासुदेव घिमिरे
(सिन्धुली, हाल: ललितपुर)

ड्याडमा एउटा मान्छे छ,
आफूलाई औधी जतन गर्छ,
धेरैको बिचमा थोरैमा पर्छ,
जानेजति सीप लगाउँछ,
अरुलाई खुलस्त प्रेम गर्छ,
हाँसेर बोल्छ,
हाँसेरै बोलेको मन पराउँछ ।

दुःख बुझेको छ,
सुखलाई पछ्याउँछ,
अनि भन्छ
‘म त यस्तै हो’
मलाई थाहा छैन,
उसको शारीरिक तौल कति छ ?
तर,
उसको भावना र इमान
जोख्ने तराजु छैन ।

मलाई यति थाहा छ,
उसको नाम के हो,

नामजस्तै चम्किलो छ ।

Facebook Comments Box

Similar Posts