विनोद उप्रेती
(पिथौरागढ, उत्तराखण्ड, भारत)
भेडाहरु बसाउँदैनन् गाउँ
तर भेडाहरुका कारण बचेको छ
पुर्खाले बसाएको गाउँ
भेडाहरु हिँड्दै गर्छन्
मानिस बस्ने गर्छ
भेडाहरु फर्कने गर्छन्
मनुष्य पलायन गर्छ ।
भेडाहरुलाई सडक चाहिँदैन
भेडाहरुलाई इलाज चाहिँदैन
भेडाहरु बस्
डोर्याउनेका पछाडि हिँड्छन्
सबै भेडाहरु एक जस्तो नै बोल्छन् ।
सबै भेडालाई
केही कुकुरले डोर्याउँदै लगेका छन् ।


