काठमाडौं । हास्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित ‘भैरव पुरस्कार गुठी’बाट नेपाली कला, साहित्य, संस्कृति, सङ्गीत, पत्रकारितालगायतका क्षेत्रमा विशिष्ट योगदान दिने जोकोहीलाई बर्सेनि प्रदान गरिने गरी स्थापित रू. १ लाख ११ हजार १ सय ११ को ‘भैरव पुरस्कार’ २०७८ सालका लागि व्यङ्ग्यकार नरनाथ लुइँटेललाई, १ लाख १ हजार १ सय ११ रूपियाँको ‘भैरव वाङ्मय पुरस्कार’ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई र ५५ हजार ५ सय ५५ रुपैयाँको ‘भैरव प्रतिभा पुरस्कार’ साहित्यकार विमल भौकाजीलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कृतको छनोट व्यङ्ग्यकार लक्ष्मण गाम्नागेको संयोजकत्व र साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ तथा युवराज मैनालीको सदस्यतामा गठित समितिले गरेको हो ।

Facebook Comments Box

Similar Posts