के.आर. खम्बु
(भद्रपुर, झापा)

हुरी चल्ला झैँ छ,
पानी पर्ला झैँ छ,
वसन्तको मस्त जवानीमा,
मेघ गर्जन लागेको छ।

चाँप गुराँस फूल फुलेर,
डाँडाकाँडा ढकमक्क भएको छ,
डाँफे मुनाल निस्केर,
स्वच्छ आकासमुनि रमाउँदै,
मायापिर्ती गाँसिरहेको छ।

तर
मधेशतिर चैते हुरी चल्छ,
धुलोले आकाश भर्छ,
कतै आकाशमा बादल छ कि,
कतै वर्षा पर्ला कि !
स्वच्छ धरतीलाई हरियाली पार्छ कि ?
यही आशामा बित्छ दिनहरु,
पट्यारलाग्दो गरी।

आज साँझ पख
बादलले पानी पर्ने सङ्केत दिन्छ,
यसैलेत
रातभरि पानीको आशामा,
छटपटी भइरहन्छ,
तर
पापी हावाले उडाएर टाढा–टाढा भगाइदिन्छ,
अँध्यारो रातलाई चिर्दै,
नौलो बिहानी मुस्कुराइदिन्छ।

Facebook Comments Box

Similar Posts