महेश बराल
(बरहथवा २, हजरिया, सर्लाही)

१.
तिम्रो मेरो प्रेमको ताल्चा हथौडाले तोडिसकेँ
निष्ठुरीको यादमा परी दारी पाल्न छोडिसकेँ
गुनासो छैन कसैसँग, मौनसँग नाताजोडिसकेँ
सायद हुन्नँतिम्रो अब, बाँझो गरो गोडिसकेँ ।

२.
अरबौँ फूलका बगैँचामा अविछिन्न तिमीलाई खोजेँ
त्यही बगैँचाको भिडमा सानो सुनाखरी तिमीलाई रोजेँ
चन्द्रमानै तिमीमै लुप्त भएसरिबगैँचाकी हे!सुन्दरी
केसुषुप्त, निर्जन बगैँचामा शोभित हुन्छौ?मैले सोधेँ।

३.
उसैलाई साथ दिने चाहना रै’छ तिम्रो
तिम्रो यादले मर्छु भन्ने,बहाना रै’छतिम्रो
तिम्रा साथी धेरै छन्, मेरो पो को छ र
भन्ने गथ्र्यौ सँगै हुँदा,सब ताना रै’छतिम्रो ।

४.
सङ्घर्षमय जीवन छ, र त मज्जा आँउछ जिउनुमा
टुक्राटुक्रा मुटु छ, र त मज्जा आँउछ सिउनुमा
तिम्रा हरेक याद भुलाउन सजाएको प्यालामा
छचल्कियोस्वेदना, र त मज्जा आँउछ पिउनुमा ।

Facebook Comments Box

Similar Posts