मुरारीराज मिश्र
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौँ ७)
ए सुन्दरी, लुकेझैँ गरी
किन हेर्छौ मलाई, भन यसरी ?
सुन्दर वदन, कमलझैँ नयन
गुलाबी अधर, देख्दै मातिन्छ मन
स्वर्गकी ए परी, धर्तीमा झरी
किन हेर्छौ मलाई, भन यसरी ?
मोतीसरि, चम्किला दन्त घेरा
महझैँ छ बोली, मिठा मधुरा
तिमी सुन्दरी, पूर्णचन्द्रैसरि
किन हेर्छौ मलाई, भन यसरी ?
निश्छल स्वभाव, त्यो आफन्तपन
गर्यौ कि मलाई, तिमीले चयन
प्रिय सुन्दरी, मेरो निद्रा हरी
किन हेर्छौ मलाई, भन यसरी ?


