अमरकुमार प्रधान
प्रहरीले एकजना युवक र एउटीयुवतीलाई लिएर आयो रभन्यो, ‘साहेब, यिनीहरु बसमा झगडा गरिरहेका थिए ।’
इन्स्पेक्टरले सोध्यो,‘के हो मामिला ?’
हवल्दारले बतायो,‘युवकले युवतीको संवेदनशील अङ्ग छोयो ।’
युवक भन्दै थियो,‘तिनले मेरो गर्दनको सिक्री छिनालेर लुट्न खोजिन् । मैले जोगाएँ ।’
उसको हातमा छिनालिएको एक तोला जति सुनको सिक्री थियो ।
युवती कराइन्,‘म चिच्याएपछि यसले सिक्री आफैले छिनालेको हो ।’
इन्स्पेक्टरले सोध्यो, ‘देख्ने कोही थिएन ?’
हवल्दारले भन्यो,‘त्यस्तोकोही पाइएन तर बसभित्रको सिसी टिभी क्यामराको फुटेज छ ।’
फुटेजमा हेर्दा दुवैको भनाइ ठिक देखियो । युवतीले सिक्रीमा हात पुर्याउँदा युवकले तिनको बक्षस्थलमा हात घुमाइरहेको देखियो ।
इन्स्पेक्टरले भन्यो,‘तपाईंहरु दुवै जना सजायको भागी हुनुहुन्छ । एक जना महिला हिँसामा र अर्की सिक्री चोर्नेमा ।’उनले सजाय सुनाए । दुवैले सकारे ।