टिका न्यौपाने

‘ल आउनुहोस् ! कलङ्की, सीतापाइला, स्वयम्भू, नयाँ बसपार्क, नयाँ बसपार्क … ।’
दैनिक व्यस्तताहरुमध्येको एकदिन, म हतारिएर बसभित्र ठेलिँदै गर्दा कानमा सोझै ठोक्किएका यी आवाजले मेरो ध्यान त्यतातिर मोडियो । हुलिया यस्तो थियो:
उमेर – अन्दाजी १० वर्ष ।
उचाइ – करिब साढे चार फुट ।
कपडा – च्यातिएको, महिनौँ नधोइएको ।
केस– अगाडि लामो रातोखैरो, पछाडि छोटोकालो र कानमाथि केही लाइनहरु ।
देब्रे हातका चोरीऔँलादेखि कान्छीऔँलासम्मका नङहरु लामा ।
सपना – अनगिन्ती
भविष्य – अनिश्चित
बल्खुबाट कलङ्कीतिर बस मोडियो । सानो बस करिब तीसबत्तीस मान्छेहरुको भिडले खाँदाखाँद थियो । भिड व्यवस्थित गर्न ऊ ‘रूलिङ’ गर्दै थियो, ‘ओ दाइ यता उभिदिनुहोस्, ओ दिदी उता सरिदिनुहोस्, दुई लाइन भएर बसिदिनुहोस् … ।’
हातहरु व्यस्त थिए; एउटा बसको डन्डी समात्न र अर्को बसको भित्तामा बजार्न ।
कलङ्की आइपुग्यो । भाडा तिरेर केही हुल यात्रुहरु ओर्लिए भने केहीचाहिँ आ˚्नो गन्तव्यमा पुग्न बसभित्र सवार भए । ऊ भने बसभित्रको लाइन मिलाउनमै व्यस्त थियो ।
बसका मोडहरु त सीमित थिए; जिन्दगीका मोडहरु अनगिन्ती थिए उसका । उमङ्गहरुको भारी बोकेर राजधानी छिरेको थियो तर परिस्थितिले उसलाई सहचालकको उपमा दियो ।यहाँ उसको जागिर सुरू भयो; एक हातले बसको भित्ता पिट्दै नाभीदेखिको बल निकालेर यात्रु डाक्ने, भाडा उठाउने र बेलुका हरहिसाबसहित बुझाउने । उसलाई कति प्रति˚ल आउँथ्यो, थाहा पाउन सकिएन ।
‘ओ … ए … के हेर्दै छस् ? ढोका लगा, तेरो बाबु उभिरा’छबाटामा … चिट काट्ला ˚ेरि ।’ सीतापाइलाको उकालोमा सायद ट्रा˚िक देखेर होला अगाडिबाट अचानक एउटा रूखो आवाज चिच्यायो । यात्रुहरुका लागि त एउटा ड्राइभर थियो तर उसका लागि भने गुरू ।
आज्ञाकारी शिष्यझैँ शरीरलाई केही धकेलेर उसले बसको ढोका लगायो । उसले यस्तै यस्तै रूखा र अश्लील शब्दहरुलाई आ˚्नो मानसिक शब्दकोशमा यसरी राखेको छ कि आगामी दिनमा ऊ गुरू बनेर नयाँ चेलालाई यस्तै कुरा सिकाउन सायद पछि पर्दैन ।
अनेक मोड र घुम्तीहरु आउँदै जाँदै थिए । बग्रेल्ती अनुहारहरु छिर्दै र निस्कँदै पनि थिए तर बसभित्र एउटा सानो अनुहार थियो जो आफ्नो वर्तमानको जगेर्ना गर्न व्यस्त थियो ।
बसको ढोकामाथि लेखिएको नारा देखेर म तीनछक्क परेँ । चटक्क पारेर लेखिएको थियो, ‘बालश्रमको अन्त्य गरौँ, शोषणविहीन नेपाली समाजको निर्माण गरौँ ।’

Facebook Comments Box

Similar Posts