ईश्वर पोखरेल
‘किन सधैँ सी ग्रेडका व्यक्तिलाई चान्स दिनुहुन्छ तपाई ?’ पत्रकारले सोध्यो ।
उहाँको जवाफ थियो, ‘ए ग्रेडका साह्रै घमन्डी हुन्छन् र टेर्दैनन् । बी ग्रेडमा पनि त्यस दोषको अवशेष हुन्छ । त्यसबाहेक यी ढुलमुले हुन्छन् । जसले भनेको पनि ठिक ठान्ने किसिमका ।’ केही गमेर फेरि भन्नुभयो, ‘यी आफ्नै विरूद्ध भाँडिने सम्भावना पनि हुन्छ ।’
पत्रकारहरु पछ्याइरहेका थिए ।
पत्रकारसँग संवाद गर्न उहाँले पछिल्तिर फर्किनुपथ्र्यो ।
फर्किएरै भन्नुभयो, ‘सी ग्रेडका व्यक्तिसँग त्यस्तो केही हुँदैन । बडो बफादार हुन्छन् ।’
अलिक पर पुगेर फर्केर फेरि थप्नुभयो, ‘सी ग्रेडले पनि चान्स पाउनुप¥यो नि । तिनलाई चान्स दिने मै त हो ।’


