प्रेम ओझा

तिमी आयौ र अकास मुस्कुरायो
तिमीले गायौ र बतास जुरमुरायो ।
म कसरी गरुँ विश्वास कि
भागेको बहार फेरि फर्की आयो ।

हरेक दिन चिहाउन आउँछन्
विगतका सम्झनाहरु
छातीभित्र सल्बलाउँछन्
अतृप्त कति तिर्सनाहरु
म कसरी खोलूँ यो रहस्य कि
भागेको बहार …

फेरि आस्था बिउँझिएका छन्
हाम्रा वाचाबन्धनहरुमा
फेरि प्रीत गुन्जिरहेछ
मुटुका हरेक धड्कनहरुमा
म कसरी लेखूँ तिम्रै कथा
भागेको वहार …

Facebook Comments Box

Similar Posts