ताराप्रसाद चापागाईं
(धुनिबेँसी, हाल प्रवास)
१. आकाश छुन खोज्ने बाँस पनि समय घर्कंदा नुहिन्छ ।
समय हेरि पाइला सार्नु कुनै कदमले ज्यान लिन्छ ।
२. कुनै काम इज्जत सम्मान कुनै भने पतन हुने
होस गुमाई केही गर्दा एक दिन पछुताई रूने ।
३. नरम मिठो बोली हजुर किन त्यसै लत्याएको
के भुल भयो छोडी मलाई अर्कै किन पत्याएको ।
Facebook Comments Box