नवराज पौडेल
(सल्ले, खोटाङ)

ऐले सुनसान बनेको छ सल्ले गाउँ
गीतहरु गुन्जिरहने ती पाखापखेराहरु।

आज चकमन्न भएका छन् ती ठाउँहरु
त्यो डाँडापरि अनि ढोडेनी पाखा ।

कसले चराउलान् अहिले गाईबाख्रा
त्यो तेर्सो बाटो अनि देवीथान ।

को सक्लान् ऐले घाँसदाउरा जान
त्यो सालबोटे अनि विजयटार ।

त्यो खाकर खोरिया गर्दै वारपार
त्यो पानीडाँडा अनि ढोडेनीपानी ।

त्यो करमखोरिया फेदीमा रातेपानी
त्यो चिहानडाँडा ओढारे ढिक ।

घाँसदाउरा जान हुन्थ्यौँ हामी ठिक
त्यो चोक्टिचउर अनि बयरडाँडा।

पानीको खोल्सो ऐसेलु काँडा
त्यो सगुनेढिक अनि बान्द्रेपाखा ।

सिटोको भारीमाथि खयरकाँडा
घुम्दै र डुल्दै गथ्यौँ सबै पहिले ।

सुनसान बनेको छ सल्ले गाउँ
चकमन्न भएको छ घाँसदाउरा गर्ने ठाउँ।।

Facebook Comments Box

Similar Posts