कपिल ज्ञवाली ‘जिज्ञासु’
मृत्यु होइन जीवन रोजौँ, जहर उस्तै छ
मान्छे निल्ने कोरोनाको, कहर उस्तै छ ।
सम्झनाले सताउँछ, निमेषमै खुसी खोज्छु
फिरे पनि नयाँ वर्ष मनको रहर उस्तै छ ।
सुरक्षित बस्नू तिमी, याद भने पठाइराख्नू
फेरिए मानिस पलाए पालुवा, सहर उस्तै छ ।
घरमै बसौँ, बाँचौँ–बचाऔँ समाजलाई पनि
साबुन–पानी, सेनिटाइजर प्रहर उस्तै छ ।