विश्व सिग्देल

रात
बाक्लिँदै छ–पत्रपत्र
झ्याल खोल्छु
तत्काल कुकुर तारा निल्छ

‘मेरो कोठाभन्दा बाहिर
संसार नभए ‘नि हुने
सूर्य उदाउँदा
जून–तारा खटप्वालमा राख्नेथेँ
सूर्य खोपामा लुकाउँनेथेँ
जून–तारा लाग्दा

‘मेरो आँगनभन्दा पर
अर्को आँगन नभए ‘नि हुने
मेरा भविष्य, गर्भका बालकहरु
निर्धक्क छोड्ने थिएँ आँगनमा
हस्तिहाडका शरीरमा
छिटा नपरे रगतका
तुइने थिएनन् गर्भ

‘आफूभन्दा अर्को मानिस
नभए ‘नि हुने ।’

म, ओथारा बसेकी कुखुरी, गर्भिणी सिंहिनी
बच्चा पाएकी बिराली
रगतका कट्कटिएका टाटामाथि
स्तनपान गराइरहेकी आमा

रात बाक्लिँदै छ–पत्रपत्र
झ्याल खोल्छु
तत्काल कुकुर, तारा निल्छ ।

Facebook Comments Box

Similar Posts