रवीन्द्र बुढाथोकी
(रामेछाप)
जून हुँ म, घाम हुँ म, हुँ आशा पनि ।
कोपिला छु, फुल्छु भोलि, सुन्दर फूल बनी ।
उज्यालो या अँध्यारो होस् जिन्दगीको पाटो
लम्किरहन्छु सधैँ सधैँ उद्देश्यको बाटो ।
हुन दिने छैन म मेरा सपना भङ्ग
भर्छु सधैँ आफूभित्र सिर्जनाको रङ्ग ।
सृष्टिको रचना हुँ, सुन्दरताको खानी
कोपिला छु, फुल्छु भोलि, सुन्दर फूल बनी ।
दौडिन नसके घिस्रन्छु आशा लौरो टेकी
डराएर भाग्दिनँ म बाधाअड्चनदेखि ।
समस्या र चुनौती आउँछन् जान्छन्् साथी
बुझेर यो जीवन जिए हुन्थ्यो कति जाती ।
अनमोल जीवन यो, अनुपम छ नि
कोपिला छु, फुल्छु भोलि, सुन्दर फूल बनी ।
जून हुँ म, घाम हुँ म, हुँ आशा पनि ।
कोपिला छु, फुल्छु भोलि, सुन्दर फूल बनी ।