शेरबहादुर भुजेल
सपना पूरा गरौँ दायाँ हात समाउन आऊ
कति बस्छ्यौ एक्लै सँगै रमाउन आऊ ।
तिम्रो मुटुसँग मेरो पनि मुटु मिलाई
हृदयभरि दिन्छु माया कमाउन आऊ ।
मनको कुना कुनाले तिमीलाई खोजिरहेछ
मायाको बारीमा सुन्दर घर बनाउन आऊ ।
पिरतीको डुङ्गा तयार छ, सँगै सयर गरौँ
उर्लेका छन् भेलहरु पार गराउन आऊ ।
Facebook Comments Box