भक्तिशिला देवान
(सालबारी)

जेठ महिनाको प्रचण्ड घाम
सित्तै केही झरी परेकोले
चियाका मुनाहरु मौलाएर आयो यसरी
मलाई पनि रहर लागेर मुनाहरु समाउनु पुगे
तर,
चिया श्रमिकहरुको समस्या भने कहिले
भने जस्तो मौलाएर आएन, सकेन
चुनावअघि सबै उम्मेदवार चियाबगान
गएर श्रमिकहरुसित भलाकुसारी गर्छ
म सबै समस्या हल गर्छु भन्छ
विजय भयो आशा दिलाउने पार्टी भने
श्रमिकहरु धेरै आशामा बस्छ,
तर,
उम्मेदवारहरु कसरी बगानको समस्या
सामाधान गर्नु भनेर सोचमा पर्छन्
बड्दो महँगाइ छ श्रमिकको हाजिरा कम छ
बार बार दैनिक हाजिराको माग उठ्छ
तर एक कानले सुनेर अर्कोले फ्याँक्नु थाल्छ
फेरि
जब श्रमिकको बोनसको समय आउँछ तब
श्रमिकहरुले धेरै सङ्घर्ष गर्नुपर्छ भने जस्तो
सहुलियत दिँदैन, दुनियाँ समान, चिजहरुको
दाम बड्छ तर श्रमिकको भने अनुसार रोज
कहिले बड्दैन आज कोरोना कालमा पनि
ज्यान जोखिममा राखेर काम गरिरहेछ,
व्यवस्था
श्रमिकहरुलाई पनि कोरोना टिकाकरण,
आइसोलेसन सेन्टर,
कोभिड केरियर सेन्टरको व्यवस्था हुनुपर्छ
जरूरी पनि छ
साथै मजदुरी सहयोग गर्नुपर्छ
बाँकी चुनावमा
उम्मेदवारहरुले धेरै (श्रमिकलाई)
ठुलो आश्वासन दिएको छ
सायद अब कतै
श्रमिकहरुका नयाँ दिन आउँछन् कि ?
अब,
हाम्रा विजयी भएका विधायकहरुले
समस्याको समाधान गर्नुपर्छ
यदि सधैँझैँ श्रमिकलाई रूवाउनु हो भने
कुनै समयमा श्रमिकहरु पलायन भएर जाने छ
र हाम्रो सुन्दर दार्जिलिङको चियाको
नामनिसान हराएर जाने छ
अस्तित्व हाम्रो रहने छैन ।

Facebook Comments Box

Similar Posts