टङ्क खुलाल कार्की (पागल मन)
(छथर ५, तेह्रथुम)
अचेल जसोतसो दिनहरु, काटेको छु
नखाए पनि खाएँ भन्दै ढाटेको छु ।
एकान्तमा मनभित्र ठुलो बाढी चल्यो
देखावटी मुस्कान अझै, बाँडेको छु ।
सहयोग माग्दा सल्लाह मात्र आयो
बेलैमा आफ्नो पराई छाँटेको छु ।
मान्छे होइन, विष छैन सर्प होइन
जहरसँग आफ्ना रहर, साटेको छु ।
Facebook Comments Box


