गोलेन्द्र पटेल
(उत्तर प्रदेश, भारत)
उठ वत्स !
बिहानैदेखि
जिन्दगीको भारी बोक्नु छ
किसान हुनुको पहिलो सर्त यही हो ।
धान उब्जियो
प्राण उब्जियो
मुस्कान उब्जियो
पहिचान उब्जियो ।
र उब्जिँदै छ
भरोशाको किरण
बिहानबिहानै
हाम्रो चोइटिँँदै गइरहेको
खेतबाट ।
(हिन्दीबाट अनुवाद धीरकुमार श्रेष्ठ)
Facebook Comments Box