ललितपुर । ह्वाइट लोटस बुक सपद्वारा आयोजित ग्रीष्मकालीन कविगोष्ठीमा शैलेन्द्र साकारले अरु सात समुद्र, युयुत्सु आरडी शर्माले पानाहरु खाली छन्, श्याम रिमालले नदी बग्दैन र महेन्द्र शाहीले स्वःको खोजीमा र निर्वासित मन र बसाइँ सर्ने चराहरु शीर्षक काव्यबाट डायस्पोराका पीडा, प्रकृति, राष्ट्रिय एकतालगायत विषय कविता वाचन गरे । पुस्तक हस्ताक्षरसहित भएको कार्यक्रममा धीरकुमार श्रेष्ठ, धर्तीचन्द्र यात्री, भुवन सिवाकोटी र अमर आकाशले राष्ट्रियता, हाम्रो आलस्यता, प्रकृति र पुरानो र नयाँ पुस्ताका बिचको संवादलगायत विषयमा कविता प्रस्तुत गरे । कार्यक्रममा विश्वनिकेतन माविका पूर्वशिक्षक प्रदीपकुमार भण्डारीले आफ्नो राणाकालीन र शिक्षण क्षेत्रका स्मृति विषयमा संस्मरणात्मक कृति प्रकाशित गर्ने जानकारी दिए भने पत्रकार तीर्थ भट्टराईले साहित्यिक अनुवाद र नन्दऋषि न्यौपानेले पर्यटन, पत्रकारिता र साहित्यबारे विचार राखे ।
प्रस्तुति: श्याम रिमाल

Facebook Comments Box

Similar Posts