नरेश कटुवाल
(दार्जिलिङ, भारत)

नचाहेर पनि सम्झिने आदत
लुकाउन सकेँ छुटाउन सकिनँ
सम्हालिराखेको मायाको धागो
फुकाउन खोजेँ तर चुडाउन सकिनँ ।

हामीले हिँडेका बाटाहरु
आज पनि उस्तै छन्
सँगै देखेका सपनाहरु
मरेर पनि जिउँदै छन्
तिमीले छरेका विगतहरु
समाउन खोजेँ उठाउन सकिनँ
नचाहेर पनि सम्झिने आदत
लुकाउन सकेँ छुटाउन सकिनँ ।

मेरो हातदेखि टाढा जान्छौ
त्यसलाई मेरो कर्म सम्झिए
मेरो याददेखि भाग्न खोज्छौ
त्यसलाई मेरो भाग्य सम्झिए
समयले दिएका घाउहरु
सुम्सुम्याउन सकेँ फ़ुटाउन सकिनँ
नचाहेर पनि सम्झिने आदत
लुकाउन सकेँ छुटाउन सकिनँ ।

Facebook Comments Box

Similar Posts