तिलकप्रसाद सापकोटा

तिमी भएरै हो
मैले तिमीलाई बिर्सिरहेको
तिमीलाई बिर्सेरै हो
मैले आफैलाई बिर्सिरहेको

मैले आफैलाई बिर्सेरै हो
अरुसँग भुलिरहेको
बाहिरतिरै डुलिरहेको
आफैबाट टाढिइरहेको

आज तिमीलाई सम्झेरै हो
अरु सबै बिर्सिरहेको
आफैभित्र रमाइरहेको
नाचिरहेको, हाँसिरहेको
तिमीमा नै बिलाइरहेको ।

Facebook Comments Box

Similar Posts