त्रिविक्रम पाण्डे

आमाबुवाको चरणमा,
सारा संसार रहेको हुन्छ ।
ती सन्तान
धेरै भाग्यमानी हुन्,
जसको शिरमाथि
मातापिताको छायाँ हुन्छ ।

औँला समातेर जसले हिँड्न सिकाए,
लडेपछि सम्हालिएर उठ्न बाँच्न सिकाए ।
ठिक बेठिकको जानकारी गराए,
मसँग मैलाई राम्ररी परिचय गराए ।

कहिले गुरू त कहिले साथी बनेर,
मलाई दिशानिर्देश गरे ।
ती सन्तान
धेरै भाग्यमानी हुन्,
जसको शिरमाथि
मातापिताको छायाँ हुन्छ ।

आफ्ना आँखामा सधैँ पिता,
सन्तानका सपना सजाउँँछन् ।
साकार पारेर हरेक ती सपना,
सन्तानको जीवन स्तर उठाउँछन् ।

त्याग समर्पणका प्रतिमूर्ति,
पिता बरपिपलका छायाँ हुन् ।
ती सन्तान
धेरै भाग्यमानी हुन्,
जसको शिरमाथि
मातापिताको छायाँ हुन्छ ।

Facebook Comments Box

Similar Posts